काठमाडौं । सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा बिहीबार हाजिर जमानीमा छुटेकी छन्।
घाँटीको क्यान्सरकी बिरामी सुब्बालाई उपचार निम्ति बिहीबार हाजिर जमानीमा छाडिएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दियो। उनलाई बुवा र श्रीमानको जिम्मामा छाडिएको हो।
किमो थेरापी गरिरहेकी उनलाई सफाइ भने दिइ नसकिएको अधिकारीले बताए । उनी सुन ओसारपसारमा संलग्न भएको वा नभएको टुंगो छैन । साउन ४ मा समातिएको सुन निकाल्नका लागि भन्सार एजेन्ट उनी थिइन् ।
यो प्रकरणमा अहिलेसम्म १८ जनालाई पक्राउ गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत तीन जना कर्मचारी पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्। तीमध्ये सुब्बा छुटेकी हुन्।