काठमाडौं साउन, ७–
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न गएका नेपाली छोरीचेलीका बारेमा आपत्तिजनक शब्दको प्रयोग गर्ने कानुनमन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाई विरुद्ध आलोचना निकै बढ्दो छ ।
मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा लिने नेपाली छात्राहरुले सर्टिफिकेट पाउनका लागि कहीं न कहीं आफूलाई बेच्नैपर्छ भनेर अभिव्यक्ति दिएका थिए । त्यस्तै, प्रसाईले पनि सोही भावनाको अभिव्यक्ति दिएका थिए ।
सोमबार दिउँसो १ बजे तामाङ र प्रसाईले लगाएको आपत्तिजनक आरोपकाविरुद्द राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गर्ने कार्यक्रम रहेको छ । उक्त उजुरी दर्ताका लागि भद्रकाली (राष्ट्रिय वाणिज्य बैंकको भवन) अगाडि सबैलाई आउन आब्हान समेत गरिएको छ ।
त्यसैगरी दिउँसो १ बजे आर आर क्याम्पस अगाडि दुवै जनाको अभिव्यक्ति विरुद्धमा कार्यक्रम गर्ने तयारी गरिएको छ ।
आजै साँझ ५ बजे पोखराको बिपि चोकमा मन्त्री तामाङ र व्यवसायी प्रसाईको अभिब्यक्तिको बिरुद्धमा सुमेत विरोधको कार्यक्रम राखिएको बतार्यएको छ ।