बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

बुधबार, साउन १७ २०८०

आफ्नै श्रीमती ४७ वर्षीया गीता आलेलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा ब्यास नगरपालिका–५ मानुङकोटस्थित पिखरीगैरा बस्ने ५६ वर्षीय श्री प्रसाद आलेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

आलेले आफनै श्रीमतीलाई भरूवा बन्दुक प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । साथै गम्भीर घाइते गीताको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।