बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्ट प्रा. लि द्वारा मन्सून फ्यासन प्यारेड आयोजना हुदै

मंगलबार, साउन १६ २०८०

काठमाडौं – वर्षाको मौसमलाई अँगाल्दै इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्ट प्रा. लि द्वारा मन्सून फ्यासन प्यारेड यहि शनिबार श्रावण २० गते ११ बजेबाट कुलेश्वोर स्थित रहेको भिजननोभा मल्टिपर्पोज कम्पनी प्राइभेट लिमिटेडमा आयोजना हुन गइरहेको छ ।

नेपालको स्थापित फेशन ईन्स्टिच्युट ऋक्ष्ँत् का उच्च प्रशंसित फेसन डिजाइनरहरूबाट मनमोहक डिजाइन र स्टाइलिश संग्रहहरू नेपालका शीर्ष मोडेलहरूले फेसन शोमा प्रदर्शन गर्नेछन् । कार्यक्रममा ख्यातिप्राप्त व्यक्तित्वहरुको सांगीतिक प्रस्तुति रहनेछ। गायक कमल खत्री, बिनोद ढकालको विशेष प्रस्तुती रहने छ ।

त्यसैगरि कलाकार नरेश सिंह, वैबा उर्गेनको पनि प्रस्तुती रहनेछ भने डि.जे रे र डि. जे पपाजद्वारा डि. जे सेसन रहनेछ । उक्त कार्यक्रमलाई भि.जे सेसेमी लिम्बुले संचालन गर्नेछिन ।