बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छोटो समयमा नै लोकप्रिय बन्दै, कुन तार मिलेन

शुक्रबार, साउन ५ २०८०

काठमाडौं – शर्मिला फुयाल (सन्ध्या) र कर्णराज गिरीको सुमधुर स्वरमा सजिएको ‘कुन तार मिलेन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा नै लोकप्रियता हाँसिल गरेको छ । गीतलाई १० लाख पटक भन्दा बढी हेरी सकिएको छ । शर्मिला फुयाल (सन्ध्या) को शब्द÷संगीत रहेको छ भने ध्वनी मिश्रण बाबुल गिरीको रहेको छ ।
युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ, उषा उप्रेति, कर्ण राज गीरी र शर्मिला फुयाल (सन्ध्या) बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।

विक्रम चौहानको निर्देशन रहेको भिडियोलाई मिलन विश्वकर्मको सम्पादन र प्रकाश खड्काको छायाँकनमा भिडियो तयार पारिएको हो । भिडियो ‘ओएसआर डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

भिडियो लिंक