बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आ.व. २०७९–०८० को बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक

कुन फिल्मले कति कमायो हेर्नुहोस (पत्र सहित)

शुक्रबार, साउन ५ २०८०

काठमाडौं – आर्थिक वर्ष २०७९–८० मा चलचित्र विकास बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक भएको छ । कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री संख्या सहितको विवरण सार्वजनिक भएको हो ।

चलचित्र विकास बोर्डको यही साउन दुई गतेको निर्णयानुसार रिपोर्ट सार्वजनिक गरिएको हो । सो अनुसार गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका थिए । स्वदेशी चलचित्रहरूको २७ लाख १६ हजार दुई सय १७ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७६ करोड ७२ लाख ५७ हजार एक रुपैयाँ भएको छ ।

गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएका छन् । यि चलचित्रहरूको २५ लाख ८५ हजार छ सय दुई थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७९ करोड ४३ लाख चार हजार सात सय ४८ रुपैयाँ सत्तरी पैसा भएको छ ।