शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकार नागरिकको सुरक्षा र देशको समृद्धितर्फ अघि बढिरहेको छ : प्रधानमन्त्री

बुधबार, साउन ३ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन् ।

बुधवार ६१ औं इन्जिनियर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सुशासनको लक्ष्य हाँसिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तिब्रताकासाथ अघि बढाइरहेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले त्रुटी एउटाले गर्ने र आरोप अर्कोलाई लाग्नेस्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने विश्वास व्यक्त गरे । उनले असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउने र बनेका पूर्वाधार संरचना पनि नटिक्ने र उचित सदुपयोग नहुने विकासको प्रविधिलाई बदल्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकार नागरिकको सुरक्षा र समृद्धितर्फ अघि बढीरहेको बताए ।