काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ । मंगलबारबाट सुरु हुन लागेको केन्द्रीय कार्यसमिति बैठक पार्टीकै आधिकारिक फेसबुक पेजबाट लाइभ गर्न लागिएको हो ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजेबाट सुरु हुने बैठक लाइभ गर्न लागिएको हो । सोमबार पदाधिकारीसहितको बसेको बैठकमा सभापति शेरबहादुर देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए ।
यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको छ ।
यसअघि असार २७ गते तय भएको बैठक विविध कारणले गर्दा आजलाई सारिएको हो ।
कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो ।
यी हुन् १० एजेण्डा
-समसामयिक राजनीतिक विषय
– सांगठानिक कार्ययोजनाबारे
-केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव
-पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन
-नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव
-विभाग गठन
-राष्ट्रव्यापी अभियानको घोषणाबारे
-केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश
-संसदीय दल समिक्षा (प्रमुख सचेतकले जानकारी गराउँने)
-सरकार प्रगतिबारे (उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का सरकारको समिक्षा)