बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गर्न भानुभक्तको महत्वपूर्ण योगदान: प्रम ओली

शुक्रबार, असार २९ २०७५

 

काठमाडौं असार,२९–
 प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन् । 
 २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 
 प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधराण र कालजयी रहेको बताए ।  ‘भानुभक्तले साहित्य मार्फत समाज सुधारका लागि ठुलो योगदान गर्नु भएको छ’ प्रधानमन्त्री ओलीले भने । 
 प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना,शैली र प्रवृतिको आफ्नै महत्व रहेको बताए । 
प्रतिष्ठानले कार्यलय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।  ‘तपाईंहरुका मागका सम्बन्धमा मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गरिनेछ’ प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाए । प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण समेत गरे ।