शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

राजदूत नियुक्ति प्रक्रिया तत्काल टुंगिनेछ : परराष्ट्रमन्त्री साउद

बिहिबार, असार २८ २०८०

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् ।

बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदुत पद रिक्त रहेको बताउनु भयो उहाँले राजदुत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताए । राजदुत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने भन्दै उनले नियुक्ति प्रक्रिया तत्काल टुंगिने बताए ।

मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेका बताए विदेशमा रहेका नेपालीहरुको हक, हीतको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरुको भुमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिवद्ध रहेको उनले बताए ।

उनले भने – ‘विदेशमा रहेका नेपालीहरुको हक, हीत र सुरक्षाप्रति संवेदनशील हुनेतर्फ नेपाली राजदुत तथा नियोग प्रमुखहरुलाई अभिमुखिकरण गरिएको छ । विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दार एवं आवश्यकता अनुसार नेपाल फर्किन सहजीकरण गर्ने कार्यलाई नियोगले उच्च प्राथमिकतामा राखेका छन् । विदेशमा रहेका नेपालीहरुको हक, हितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन बिदेशस्थित नेपाली नियोगहरुको भुमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिवद्ध रहेको छ । केही नियोगहरुमा टेलिफोन सेवाको अतिरिक्त हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ । यसलाई क्रमशः साधन, स्रोत सम्पन्न तुल्याउँदै बिस्तार गर्दै लगिनेछ ।’

मन्त्री साउदले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लगिने प्रतिवद्धता व्यक्त गरे ।