शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

नर्भिक अस्पतालमा शीर्ष नेताहरुदेखि उच्च अधिकारीहरू पुग्ने क्रम जारी

बुधबार, असार २७ २०८०

काठमाडौैं । नेकपा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्‍नी सीता दाहालको मृत्युपछि नर्भिक अस्पतालमा शीर्ष नेताहरु पुग्ने क्रम जारी छ। विभिन्न दलका शीर्ष नेताहरु, नेताहरु, सरकारका मन्त्रीहरु, सचिवहरु, प्रधान सेनापति सहित सुरक्षा निकायका प्रमुहरु अस्पतालमा पुगेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नर्भिक पुगेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछानेलगायतका नेता पुगेका छन् ।

अस्पताल क्षेत्रमा सुरक्षाकर्मीको परिचालन पनि बाक्लिएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएकी दाहालको आज बिहान ८ः३३ बजे मृत्यु भएको हो। माओवादी ‘जनयुद्ध’ मा प्रचण्डसँगै राजनीति मोर्चामा खटिएका सीता लामो समयदेखि अस्वस्थ रहँदै आएकी थिइन्।

प्रचण्डको राजनीतिक जीवनमा उल्लेख्य योगदान पुर्‍याएकी सीताको नेपाल र विदेशका विभिन्न अस्पतालमा उपचार प्रयास भएको थियो।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन्। उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।