बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १:०० बजे बस्ने, नीति महाधिवेशन मुख्य एजेण्डा

बुधबार, असार २७ २०८०

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज आह्वान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १:०० बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उनले भने ।

कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो । यस बीचमा कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन बैठकबाट पार्टीका महत्त्वपूर्ण विषयमा छलफल तथा निर्णय गर्दै आएको थियो ।

सोमबार बेलुकी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको पदाधिकारीले केन्द्रीय समितिका एजेण्डा तय गरेको थियो ।

केन्द्रीय समिति बैठकका एजेण्डाहरूमा कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदनका लागि पेस, नीति अधिवेशनको मिति र स्थान, चुनावी समिक्षालगायत रहेको बताइएको छ । संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने बताइएको छ । प्रदेश र केन्द्र सरकारका काम कारबाही पनि छलफलको एजेण्डा रहेको छ ।

यसैबीच, कांग्रेसले दशैँअघि नीति अधिवेशन गर्ने तयारी गरेको छ । २०७८ मंसिरमा भएको १४औँ महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको थियो । ६ महिनाभित्र नीति अधिवेशन गर्ने भने पनि डेढ वर्षसम्म मिति तय हुन सकेको छैन ।