शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

कोशी प्रदेशमा मन्त्री परिषद विस्तार, तीन मन्त्रीले लिए शपथ

आइतबार, असार २४ २०८०

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री थापाले माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेका हुन्। उनीहरुले आजै शपथग्रहण गरेका छन्। माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्रीले मन्त्रीमा सपथ लिए।

आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अन्यको मन्त्रालय भने टुंगिएको छैन्। बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन।

कोशी सरकार गैरसंवैधानिक भएको भन्दै एमालेले सर्वोच्चमा दायर गरेको मुद्दाको आज सुनुवाइ हुँदैछ।