काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले कोशी प्रदेश सरकार गठनमा सभामुखको संलग्नता असंवैधानिक रहेको बताएका छन् ।
सभामुख बाबुराम गौतम समेतको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएपछि संविधानविद् आचार्यले यो असंसदीय र असंवैधानिक कदम भएको बताएका हुन् ।
सरकार गठनका लागि हस्ताक्षर गरेर कोशी प्रदेशका सभामुख गौतमले संसद्को अपहेलना गरेको बताउँदै आचार्यले सामाजिक सञ्जालमा लेखेका छ– ुसभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन, यस्तो कार्य असंसदीय र असंवैधानिक छ, सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिन्छ, कोशी प्रदेशका सभामुखको यस्तो कार्य संसद्को अपहेलनाजन्य कार्य हो, यसरी सरकार गठन गर्नु भन्दा त प्रदेश सरकार नै नरहनु ठीक हुन्छ ।’
सभामुख गौतम समेतको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनका थापा नियुक्त भएसँगै प्रतिपक्ष लगायत सत्ता पक्षमा समेत उक्त कदमको आलोचना हुन थालेको छ ।