शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महशुस भयो : महामन्त्री थापा

शुक्रबार, असार २२ २०८०

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसद अवरुद्ध भएकोबारे प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पष्पकमल दाहालले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महशुस गरेको थापाको भनाइ थियो ।

उनले प्रधानमन्त्री दाहलले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको पनि बताए ।

उनले प्रधानमन्त्री स्वयंले यस विषयमा संसदमा स्पष्टीकरण दिएपछि अन्योलता हट्ने पनि स्पष्ट पारे ।