बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

केपी ओलीलाई प्रदिप पौडेलको प्रश्नः ‘जनताले तपाईंलाई कांग्रेसलाई गाली गर्न प्रधानमन्त्री बनाएका हुन् ?’

आइतबार, असार २४ २०७५

बुटवल असार, २४–
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका युवा नेता प्रदीप पौडेलले प्रधामन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भ प्रदर्शन गर्ने गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीको सो कदमले अतिवादलाई पप्रशय दिनेगरेकोमा चिन्ता समेत व्यक्त गरे । उनले प्रधानमन्त्री ओलीलाई संसदमा किन दुइतिहाइको दम्भ चाहिएको हो भनेर प्रश्न समेत गरे । 
प्रदेश ५ ले बुटवलमा मंगलबार  रिपोर्टर्स क्लवले   आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीको कार्यशैली ठिक नभएको र सच्चिन आग्रह समेत गरे । लोकतन्त्रमा संस्था बलियो हुने भन्दै उनले प्रधामन्त्री ओलीलाई राष्ट्रिय अनुसन्धान आफ्नो मातहतमा लगेर ४ सय कार्यकता भर्ति गर्न खोजेको दाबि गरे ।

देश राजनीतिक दलका भर्ती केन्द्र बनाउनको लागि ओलीले एकाधिकारबाद र निरकुंशताको बाटोमा हिडेको पौडेलको तर्क छ ।
प्रधानमन्त्रीले देशलाई  कम्बोडीया बनाउन लागेको उनको आरोप छ । उनले भने—‘ सरकारले पछिल्लो समयमा गर्दै आएका विभिन्न कार्यहरुले यस कुरालाई पुस्टी गरेको छ’ । आफ्नो सम्बोधनको अधिकांश समय प्रधानमन्त्रीमाथि खनिन खर्च गरेका उनले प्रधानमन्त्री ओलीलाई घुडा टेकाएर छोड्ने उद्घोष समेत गरे ।

‘सरकारले निशेधित क्षेत्र किन तोक्ने,जनता सडकमा आउदा प्रधानमन्त्रीलाइ रेल ल्याउन,ग्यासका चुला घरघरमा पुर्याउन,पानी जहाज ल्याउन कस्ले रोक्छ र ?,हिजो माओवादीलाइ जंगलमा बसेर आन्दोलन नगर,राजधानी आउन भनेर कांग्रेसले राजधानीमा बोलाएको स्मरण गर्दै अहिले सरकारले गलत काम गर्दा जनता सडकमा जनता जान नपाउने ?’

प्रधानमन्त्रीलाई अतिवाद लाद्न नदिने बताउदै नेता पौडेलले अव गाली गरेर देश विकास नहुने बताए ।  प्रधानमन्त्रीले भोलीको कार्यक्रममा कांग्रसलाइ के भनेर गाली गर्ने भनेर राती २ बजेसम्म नसुत्ने गरेको आफुले सुनेको उनले बताए । उनले ओलीलाइ जनताले कांग्रेसलाइ गाली गर्न मात्र प्रधानमन्त्री नबनाएको बताए ।

विकृतीको विरुद्वमा आवाज उठाएका डा गोविन्द केसीको  माग सम्बोधनमा सरकारको ध्यान नगएको प्रति उनले स्वाथ्यमा सबैको पहुच स्थापना गर्नको लागि केसीको माग जायज भएकोले तत्काल माग सम्बोधन गर्नुपर्ने बताए । राज्य राजधानीमा मात्रै भएको व्याक्तिको लागि नभएको तर्क गर्दे उनले विभिन्न खाले समस्या समाधानको लागि  डा. केसीको माग जाएज र ठिक भएको बताए ।

दुई तिहाईको अगाडी गोविन्द केसीको केही नभएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई लाई दुई तिहाई  भएको व्याक्ति राजा नभएको तर्क गरे । उनले भने–‘दूई तिहाई भएको व्याक्ति के  राजा हो ?  उसलाई कानुन लाग्दैन, के उ कानुन भन्दा माथि हो ? ”

नेपाल पहिलो विश्वमा प्रवेश गरेको समाचार सुन्न आतुर रहेको भन्दै उनले देश विकासमा  लाग्नको लागि ओलीलाई आग्रह गरे । संघीयताको खास विरोधीको रुपमा केपी ओली रहेको  आरोप लगाउदै उनले बाहिरी रुपमा मात्रै ओलीले संघीयताको सर्मथन गरेको बताए । संघीयतामा जम्मा ७ प्रतिशत मात्रै बजेट आएको भन्दै उनले बास्तविक संघीयता बलियो हुन नसक्ने थुर्पै आधारहरु देखा परेको  बताए । नेपालको व्युरोक्रेसी विस्तारै एकात्मक शासन तर्फ धकिलियोको उनको तर्क छ । उनले भने–‘ विस्तारै संघीयतालाई धकेलेर एकात्मकतर्फ लैजाने सडयन्त्र  भएको छ । ’

ओलीले चिनबाट आउदा रेल ल्याउने कुरा गरेको भन्दै उनले ३० लाख ले रेल नआउने बताए । उनले भने–“ नेपालमा ३०  लाखले के रेल आउछ रु’ ओलीलाई समयमै सच्चीनको लागि पटक पटक आग्रह गरेको जानकारी दिदै उनले यदि नसच्चीएमा सडक सडदमा समेत निरन्तर आवाज उठाउने समेत  बताए ।  

ओलीले नेपाललाई कम्बोडिया बनाउन खोजेको उनको आरोप छ । नियोजित रुपमा नै केपी ओली नै यसमा उद्धत रहेको उनले आरोप छ  ।  ‘प्रमको कुर्चिमा बसेर देश एकता खल्बलाउने प्रयास गरेको भन्दै ओली अतिवाद तर्फ लम्कीदै गएकोको कारण अव विरोध उनको गर्नुको विकल्प छैन ’। पौडेलले भने ।

नेपालको  राजनीति अहिले जे नहोस् भनेका थियौं तर त्यहि मोडमा पुगेको भन्दै पौडेलले गंगामायालाइ न्याय दिन सरकारलाइ आग्रह गरे ।
देउवा सरकारले गरेको चुनाबबाट ओली प्रधानमन्त्री बनेको स्मरण गराउदै पौडेलले देउवा सरकारका नियुक्ती बदर गर्नु लज्जास्पद काम भएको टीप्पणी गरे ।

‘देउवाले गराएको चुनाबबाट आफै प्रधानमन्त्री बन्ने,सातवटै प्रदेशमा प्रदेश प्रमुख हटाउने कुरा सुन्दैछु, तीनीहरुबाट सपथ खाएका मुख्यमन्त्री पनि त्यसो भए अबैध हुनुपर्यो नी रु उनको प्रश्न छ ।  संबैधानिक नियुक्तिका कतिपय जांज पास गरेर जिम्मेबारीमा पुगेकाहरुलाइ पनि हटाउनु गैर संम्बैधानिक कुरा भएको उनले प्रष्ट पारे । सबैकुरा राजनीतिक ढंगले हेरिनुनहुने उनको भनाइ छ ।

 
नेपाली काग्रेसका युवा नेता समेत रहेका उनले कांग्रेस अव नया ढंगले अगाडी बढ्ने उल्लेख गरे ।  पौडेलले भने—‘हामीभित्र पनि केहि कमि कमजोरी रहेपनि त्यो सच्चाउदै अव दरिलो ढंगले न्यायको पक्षमा, अतिवादको विपक्षमा अगाडी बढ्छौं । ’ कांग्रेसभित्र आन्तरिक रुपमा सुधारको योजना अगाडी बढाउने भन्दै उनले भने—‘अहिले प्रतिपक्षको भुमिका शसक्त बनाउनको लागि नै हाम्रो ध्यान केन्द्रीत छ । ’

काग्रेस निर्माणको योगदान गर्ने व्याक्तिहरुलाई सम्झने र एउटा अभिलेख तयार गर्ने अभियान आफुहरुले थालेको भन्दै उनले  प्युठान जिल्लाबाट  राजनीतिक सेनानी सम्मान अभियानको थालनी भएको बताए ।  यो अभियान ७७ वटै जिल्लामा अगाडी बढ्ने उनको भनाई छ ।