शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एमालेसहित विपक्षीको अवरोधले प्रतिनिधिसभा बैठक दुई दिनलाई स्थगित

बुधबार, असार २० २०८०

काठमाडौं । आधा घण्टाको लागि स्थगित प्रतिनिधि सभा बैठक सूचना टाँसेर शुक्रबारसम्म स्थगित भएको छ ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख देवराज घिमिरले सभाको अर्को बैठक असार २२ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी गराएका छन् ।