शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

मृत अवस्थामा फेला

बुधबार, असार २० २०८०

काठमाडौं – काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–५ बिष्णुमती तल्लो चिसेनीमा सोही ठाउँ बस्ने ६० वर्षीय रबिन्द्र भन्ने रबिन तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका–७ गौरीघाट कुमारीगालस्थित सडक पेटिमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

उदयपुरको कटारी नगरपालिका–७ रतनपुरस्थित सामुदायिक जंगलमा सोही नगरपालिका–७ माझि टोल बस्ने ४८ वर्षीय लिल बहादुर बिश्वकर्मा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

दाङको राप्ती गाउँपालिका–४ सिमल खुट्टी बस्ने ६५ वर्षीय प्रेम सागर गिरी सोही ठाउँस्थित पोखरीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।