बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

काठमाडौंको तारकेश्वरमा एक व्यक्ति मृत अवस्थामा फेला

मंगलबार, असार १९ २०८०

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–४ मिलनबस्तीस्थित खाजा पसलमा अर्घाखाँची भुमिकास्थान नगरपालिका–७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने ४० वर्षीय अशोक पौडेल सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ कुँवर गाँउमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भई कागेश्वरी मनोहरा नगरपालिका–१ सूर्यमण्डली बस्ने ७५ वर्षीय गोरे कामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–१६ अमरापुरी बस्ने ७० वर्षीय लाल बहादुर कडेंल आफ्नै घर अगाडि रहेको खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–३ बजार अनमोल होटेल नजिक पानी जमेको खाल्डोमा बेदकोट नगरपालिका–१ चम्फापुर बस्ने ३७ वर्षीय लक्ष्मण भट्ट सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–९ कौवाटोलीस्थित कोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

पर्साको वीरगंज महानगरपालिका–३२ सोलकपुरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।