काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप तीन जनालाई पक्राउ गरेको छ ।
तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) बाट खटिएका प्रहरी टोलीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो।
पक्राउ पर्ने मध्ये महर्जन नक्लकी मोही हुन् भनेट्टराई काठमाडौं महानगरपालिका– ४ का तत्कालीन वडा सचिव हुन् । यता कार्की नापी कार्यालयका अधिकृत हुन्।
यो मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाहसहित ५ जना प्रहरी हिरासतमा छन् ।