काठमाडौं असार, २०–
कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघले माइतीघर मण्डलाको निषेधित क्षेत्र तोडेको छ । बुधबार दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यलय सिंहदरबार नजिकै रहेको माइतीघर मण्डलामा नेविसंघले निषेधित क्षेत्र तोडेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेलको नेतृत्वमा विद्यार्थीहरु समूहले निषेधित क्षेत्र तोडेका हुन् । व्यापक प्रहरी परिचालनका बाबजुद पनि नेविसंघले निषेधित क्षेत्र तोडेको हो ।
संसदमा समेत निषेधित क्षेत्र तोड्ने बारे नेपाली कांग्रेसले आन्दोलन गर्ने र विरोधमा कडा रुपले प्रस्तुत हुने बताएको छ । सोहि अनुरुप नेविसंघले आज व्यापक प्रदर्शन गरेको छ ।
गृहमन्त्री राम बहादुर थापा बादलले जारी गरेको एक सातापछि नेविसंघले निषेधाज्ञा तोडेको हो । कार्यक्रमलाई प्रदिप पौडेल, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायतले सम्बोधन गरेका थिए ।
सरकारले आन्दोलन र नारा लगाउन पनि निश्चित क्षेत्र तोकेपछि नेविसंघ आन्दोलित भएको हो ।