बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

राष्ट्र बैंकले २४ अर्ब ११ करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्नै

आइतबार, असार १० २०८०

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार २४ अर्ब ११ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । उक्त दिन अपरान्ह तीन बजेसम्म बोलकबोलको माध्यमद्धारा उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको जानकारी राष्ट्र बैंकले दिएको छ ।

जारी मिति असार १२ गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्ने राष्ट्र बैंकको भनाई छ । भोलि बिक्री हुने कुल ट्रेजरी बिल मध्ये २८ दिने अवधिको चार अर्ब, ९१ दिने अवधिको १० अर्ब ११ करोड २५ लाख, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैंयाँको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि क्रमशः २०८० साउन नौं गते, २०८० असोज नौं गते, २०८० पुस १० गते र २०८१ असार १२ गते तोकिएका छन ।

भोलि बिक्री हुने कुल ट्रेजरी बिल मध्येमा ९१ दिने अवधिको १० अर्ब ११ करोड २५ लाख रुपैंयाँ मध्ये तीन अर्ब ६१ करोड रुपैंयाँको ट्रेजरी बिल नयाँ रहेपनि बाँकी भने सबै पुरानो नविकरण अन्र्तगतका रहेको राष्ट्र बैंकको भनाई छ ।