बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

हुन्डाईका विद्युतीय गाडी किन्न प्रभु बैंकबाट सस्तोमा कर्जा

बिहिबार, असार ७ २०८०

काठमाडौं – प्रभु बैंकले हुण्डाईको बिद्युतीय गाडी किन्न सस्तो व्याजदरमा कर्जा दिने भएको छ । हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना इभी र आयोनिक ५ किन्न चाहनेहरुका लागि सस्तो ब्याजदर योजना सार्वजनिक गरेको हो । कम्पनीले यी दुबै मोडलका इभी खरिद गर्न चाहने ग्राहकहरुले प्रभु बैंकबाट नौं दशमलव ९९ प्रतिशत ब्याजदरमा ऋण लिन पाउने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

दिगोपन र पर्यावरण–मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंकसँग साझेदारी गरेको जानकारी दिएको छ । यस योजना अन्तर्गत इच्छुक खरिदकर्ताहरूले पहिलो वर्षका लागि नौं दशमलव ९९ प्रतिशत ब्याजदरमै हुन्डाई कोना इभी र आयोनिक ५ खरिद गर्न सक्नेछन् । प्रभु बैंकको देशभर रहेका तीन सय एक वटा शाखा बाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । विद्युतीय सवारीसाधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ, कम्पनीले हुन्डाई कोना इभी र आयोनिक ५ लक्षित गरी यो अफर ल्याएको हो ।

हुन्डाई कोना इभी र आयोनिक ५ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुबै इभीले ग्राहकको मन जित्न सफल भएका कम्पनीको दावी छ। आफ्नो उत्कृष्ट डिजाइन, प्रफर्मेन्स र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले जानकारी दिएको छ ।