काठमाडौं – संसदको अर्थ समितीले नयाँ स्कट ब्रोकर कम्पनीको लाइसेन्स खुलाउन निर्देशन दिएको छ । मंगलबार धितोपत्र बोर्डका पदाधिकारीहरुसँग छलफल गरेपछि अर्थ समितिले लाइसेन्स वितरणको प्रकृया खुलाउन निर्देशन दिएको हो ।
यसअघिसमितीको यही जेठ २९ गते बसेको बैठकले नयाँ ब्रोकर कम्पनीको लाईसेन्सको तत्कालको लागि रोक्न नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई निर्देशन जारी गरेको थियो ।