बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

राष्ट्र बैंकद्धारा १० अर्ब रुपैयाँको ऋणपत्रको बिक्री आव्हान

सोमबार, असार ४ २०८०

काठमाडौ – नेपाल राष्ट्र बैकले १० अर्ब रुपैयाँको बिकास ऋणपत्रको बिक्री आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार मंगलबार अपरान्ह तीन बजेसम्ममा बोलकवोवलको माध्यमद्धारा छ बर्षे अवधिको बिकास ऋणपत्र २०८६ “ङ” (६ बर्षे) बिक्री गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुुसार ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपरान्ह तीन बजेसम्म बोलकबोल पेश गर्नुपर्ने छ । निष्काशन मिती २०८० असार छ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८६ असार ६ गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ । खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने राष्ट्र बैंकको भनाई छ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने छन् । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।