बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै

बुधबार, जेष्ठ ३१ २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने भएका छन् ।

मुटुमा समस्या देखा परे पछि हिजो मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन् । सो अस्पतालले मंगलवार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको र आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए।