काठमाडौं – भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी चाणक्य कलेज नजिक रौतहट मौलापुर नगरपालिका–४ घर भई भक्तपुर ठिमी बस्ने दिनकर शाहको न्यू ईन्टरप्राईजेसमा आइतबार दिउँसो आगलागी हुँदा कवाडी कागज र कार्टुन ५० टन, जस्ता, कागज च्याप्ने मेसिन, जुत्ताको सोल, आलमुनियम ६ टन, प्लास्टिक, फेज विद्युत मिटर एवम् तार लगायतका सामान जलेर करिब ४८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका–६ हरिपुर बस्ने रामअवतार यादवको कच्ची घरमा आइतबार साँझ आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धादिङको निलकण्ठ नगरपालिका–१० ढोडेनि बस्ने लेखनाथ पाठकको घरगोठमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा घरगोठ, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहटको गौर नगरपालिका–४ टिकुलिया बस्ने राजिव बैठाको गोठमा आइतबार दिउँसो आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।