बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

करेन्ट लागेर मृत्यु

आइतबार, जेष्ठ २८ २०८०

तादी गाउँपालिका–४ सातबिसेबजार बस्ने २१ वर्षीय सुमन तामाङको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित निर्माण हुँदै गरेको शिब मन्दिरमा बिजुली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय दुप्चेश्वर नेपाल अस्पताल सातबिसेमा उपचारको क्रममा मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।