काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिबाट प्रमाणीकरण भएको फाइल झिकाउन आदेश दिएको छ ।
शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुस्मालता माथेमाको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
अघिल्लो प्रतिनिधि सभाले पारित गरेको नागरिकता विधेयक अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि सुरु भएको विवादमा शुक्रबार सर्वोच्चमा सुनुवाइ भएको हो ।
वरिष्ठ अधिवक्ताहरु सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश मनोज शर्माको एकल इजलासले जेठ २१ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको यो आदेशपछि नागरिकता ऐन कार्यान्वयनमा रोक लागेको थियो।
नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा अर्को पेशी आगामी मंगलबार तोकिएको छ ।