बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

विनोद चौधरीको अभिव्यक्ति रेकर्डबाट हटाइयाे

बिहिबार, जेष्ठ २५ २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले संसदमा बोलेका शब्दावली रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले ‘जब पर्यो राति, अनि बुढी ….’ भन्ने उखान बोलेका थिए ।

त्यसपश्चात् एमाले महिला सांसदहरूले नेपाली उखान लिएर नेपाली महिलामाथि आक्रमण भएको भन्दै त्यो वाक्यांश शब्दावली रेकर्डबाट हटाउन माग गरे ।
उक्त वाक्य लैङ्गिकमैत्री नभएको भन्दै सभामुख घिमिरेले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।