काठमाडौं । काठमाडौंको डिल्लीबजार स्थित चारखालमा रहेको सिबिएम कलेजले ५० औ विश्व वातावरण दिवसको अबसरमा सम्पन्न भएको कार्यक्रममा ५ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ ।
कलेज अफ बिजनेस म्यानेजमेन्टको मातहतमा रहेको बिद्यार्थीहरुको सामाजिक क्लब ‘हाम्रो आरम्भ’ ले एक शिक्षक, एक विरुवा कार्यक्रम आयोजना गरी हरेक शिक्षकलाई विरुवा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बढ्दो वातावरणीय प्रदूषणलाई मध्य नजर गर्दै कलेजका शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई हरियो रिबन प्रदान गरिएको थियो। सिबिएम कलेजमा शिक्षक र विद्यार्थीहरुले हरियो रिबन लगाउँदा सिङ्गै कलेजनै हरियाली देखिएको थियो ।

कार्यक्रममा कलेजका प्रिन्सीपल सिए सुमन न्यौपान्नेले विश्व वातावरण दिवसको शुभकाकमना व्यक्त गर्नुहुदै दिवसको दिन मात्रै नभएर हामीहरुले अन्य दिनमा पनि वृक्षारोपण गर्नुपर्ने बताउदै ‘हाम्रो आरम्भ’ लाई कलेजको तर्फबाट वृक्षरोपणको लागि ५ हजार बिरुवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
विश्व वातावरण दिवस २०२३ को नारा ‘बिट प्लास्टिक पोलुसन, इकोसिस्टम रेस्टोरेसन’ लाई समर्थन जनाउदै वातावरणीय प्रदूषणलाई कम गर्नुका साथै कलेज परिसरलाइ प्लाष्टिक रहित बनाउने प्रत्यत्न रहेको हाम्रो आरम्भकी अध्यक्ष मनिका महर्जनले बताएकी छिन् ।

यसरी सिबिएम कलेजले प्रायः यस्ता दिवसहरुमा कलेजमा रहेको बिद्यार्थीहरुको विभिन्न कल्बहरुसंग सहकार्य गरि चेतनामुलक कार्यक्रम गर्दै आइरहेको कलेजका मार्केटिङ डाइरेक्टर सीए रन्जित हमालले बताए ।
-दुर्गा प्रसाद चौलागाईं