काठमाडौं असार, ९–
दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलनको सूत्रपात गर्ने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का पूर्वअध्यक्ष स्व।सुवास घिसिङका छोरा मन घिसिङले आफूलाई पश्चिम बंगाल राज्य सरकारले दिएको सबै पदहरू त्याग गरेका छन् ।
बिहीबार उनले यस्तो निर्णय आफ्नो पिता स्व।सुवास घिसिङको जन्म दिनको अवसर पारेर गरेका हुन् । उनको यस्तो निर्णयलाई राजनीतिक माहोलमा दह्रो कदम मानिएको छ ।
पश्चिनम बंगाल राज्य सरकारले गोरामुमोलाई दार्जिलिङ पहाडमा विकास कार्य गराउनका निम्ति हिल एरिया डेभलपमेन्ट कमिटी दिएको थियो । उनलाई यसको अध्यक्षसमेत बनाएर राज्यमन्त्रीको पद प्रदान गरिएको थियो ।
सुवास घिसिङको ८३औं जन्म दिनमा उनले सो दुवैवटा पद त्याग गरेको घोषणा खरसाङस्थित गोर्खा दुःख निवारक सम्मेलनको हलमा भएको पार्टीको कार्यक्रममा गरेका हुन् ।
सो कार्यक्रममा उनले पार्टीको केन्द्रीय समितिलगायत सबै भ्रातृ संगठनहरू पनि विघटन गरेका छन् । मन घिसिङले पश्चिम बंगाल राज्य सरकारले दिएको पदहरू त्याग गरेपछि उनले विद्रोहको संकेत दिएका छन् ।
अब उनले आफ्ना पिता सुवास घिसिङको मुद्दा दार्जिलिङ पहाडलाई भारतीय संविधानको छैटौं अनुसूची प्रदान गर्ने मुद्दा उठाउने प्रबल सम्भावना देखिएको छ ।
मन घिसिङले विशेष क्षमता देखाएको प्रवक्ता निरज जिम्बाले पत्रकार सम्मेलनमा बताएका छन् । पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने, ‘गोरामुमोले हिल एरिया डेभलपेन्ट कमिटी माग गरेको थिएन । गोरामुमोको माग यो होइन । दार्जिलिङ पहाडको स्थायी समाधान गोरामुमोको माग हो ।’
यस्तै विषयहरूलाई लिएर गएको वर्ष दार्जिलिङ पहाडका राजनैतिक पार्टीहरू र पश्चिकम बंगाल राज्य सरकारबीच द्विपक्षीय वार्ताहरू भएका थिए । वार्ताहरूमा राज्य सरकारले नै स्थायी साधानको कुरा गरेको उनले बताए ।
‘राज्य सरकारले मुख बुच्याउनका निम्ति विभिन्न सहुलियतहरू दिइरहेको छ । त्यस्ता सहुलियतहरू गोरामुमोले कहिले माग गरेको थिएन’, उनले भने, ‘वर्तमान राजनैतिक स्थितिलाई हेर्दा हिल एरिया डेभलपेन्ट कटिीले जनताको इच्छा पूरा गर्नेछैन भन्ने स्पष्ट भइसकेको छ ।’
‘राज्यन्त्रीको पदभन्दा पार्टीको पद ठूलो हो’, उनले भने, ‘मन घिसिङ हिल एरिया डेभलपमेन्टका अध्यक्ष र राज्यन्त्री मात्रै थिएनन्, यसभन्दा पहिला उनी पार्टीका अध्यक्ष पनि हुन् । पार्टीको आफ्नै बाध्यताहरू पनि हुन्छ ।’
उनले बताएअनुसार राज्य सरकारद्वारा चाँडैनै द्विपक्षीय वार्ता राख्नु पर्ने गोरामुमो अध्यक्ष मन घिसिङले माग गरेको पनि प्रवक्ता जिम्बाले बताएका छन् । सो वार्ता स्थायी समाधानको निम्ति हुनुपर्ने र त्यसमा दार्जिलिङ पहाडका सबै राजनीतिक पार्टीहरूलाई बोलाउनु पर्ने माग उनले गरेका छन् ।
गोरामुमो र पश्चिाम बंगाल सरकारको सम्बन्ध निक्कै नजिकको मानिँदै आएको थियो । बिहीबारदेखि मन घिसिङले सबै पदहरू त्याग गरेपछि पश्चिजम बंगाल सरकारसितको सम्बन्ध टाडिएको छ । कुनै अर्को नयाँ राजनीतिक समीकरण हुने भन्ने कुराको चर्चा अब शुरू भएको छ ।
पश्चिम बंगाल सरकार पनि दार्जिलिङ पहाडमा स्थायी समाधान चाहन्छ । गोरामुमो पनि यस्तैनै चाहन्छ। गोरामुममोले छैटौं अनुसूचीलाई स्थायी समाधान मान्छ ।