बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

प्रचण्डले पूजा गरेको तस्बिर सेयर गर्दै बाबुरामले भने : हामी कता जाँदैछौं ? देश कता जॉदैछ ?

शनिबार, जेष्ठ २० २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाकालेश्वर मन्दिरमा पूजा गर्दै गरेको तस्वीर सेयर गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हामी कता जॉदैछौं ? देश कता जॉदैछ ? भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीको उक्त कार्य सत्ता घटक नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईलाई चित्त नबुझेको देखिन्छ ।

शुक्रबार चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्दैै नेपालबाट लगेको १०८ केजी रूद्राक्ष र ५१ हजार रूपैयाँ दान समेत गरेका थिए । उनले पहेलो गेरु पहिरिएर पूजा गर्दै गरेको तस्बिर सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी भएका छन् ।

उनीसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूजाअर्चना गरेका थिए ।