काठमाडौं, असार ६
कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘साथ’ नामक सामाजिक कल्याण–उन्मुख गैर–सरकारी संस्थालाई नगद एक लाख रुपैयाँ सहयोग गरेको छ । साथले आफ्नो ‘हकुना मटाटा’ परियोजना अन्तर्गत विगत छ वर्षदेखि एच आइ भी संक्रमित परिवारका बालबालिकाको आधारभूत शिक्षा र हेरचाहमा सहयोग पु¥याईरहेको तथा बहिस्कृत वर्गका महिलालाई जीविकोपार्जनका निमित्त सिपमुलक तालिम दिदैँ आईरहेको छ ।
उक्त कल्याणकारी संस्थाका प्रशंसनीय कार्यहरुलाई प्रोत्साहन दिएर, समाजलाई समावेशी विकासतर्फ धकेल्ने उद्देश्यका साथ बैंकले यस कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले साथका संस्थापकहरुलाई चेक हस्तान्तरण गरेर सम्पन्न गर्नुभयो ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।