बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

दुई छोरासहित आमाले गरिन् विष सेवन, एक छोराको मृत्यु अर्कोको अवस्था गम्भीर

बिहिबार, जेष्ठ १८ २०८०

काठमाडौं । मकवानपुरमा एक महिलाले दुई छोरालाई विष खुवाएर आत्महत्याको प्रयास गरेकी छिन् ।

सोनी पाख्रिनले खुवाएको विषले उनका एउटा छोराको मृत्यु भइसकेको छ । अर्का छोरा र उनको पनि अवस्था गम्भिर रहेको छ । उनीहरुको आईसीयु कक्षमा उपचार भइरहेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले बुधबार साँझ आफ्ना साना छोराहरु अस्किन र जेनिस वाइबालाई विष खुवाएर आफुले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार पाख्रिनले प्यारा क्वाइट डाइक्लोराइड नामक झार मार्ने विषादी आफुसहित बच्चालाई खुवाएकी हुन् ।

पाख्रिनसहित २ छोरालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएपनि चितवनको भरतपुर रिफर गरिएको थियो ।