बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

बिहिबार, जेष्ठ १८ २०८०

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विरुद्ध नुवाकोटमा राष्ट्रिय युवा संघ नेपाल आन्दोलित भएको छ।

संघले बुधबार राति विदुरमा विधेयकको विरोधमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला दहन गरेको छ।

युवा संघले नुवाकोटको व्यस्त बट्टारबजारमा मशाल जुलुश, पुतला दहन र कोणसभा गरेको हो।

नागरिकता विधेयकको निर्णय फिर्ता नलिएसम्म आन्दोलनको कार्यक्रम जारी रहने युवा संघ नुवाकोटले जनाएको छ ।

नेपालमा उपचार सम्भव भए पनि स्वास्थोपचारका लागि भारत गएको भन्दै सुरु भएको आलोचना रेशम चौधरीको रिहाइ र नागरिकता विधेयकसम्म आउँदा चरमचुलीमा पुगेको छ ।

यस अघिको संसद्ले पारित गरेको नागरिकता विधेयक नयाँ संसद्ले स्वामित्व नलिएरै निष्क्रिय बनेको विधेयक उनले प्रमाणीकरण गरेपछि आलोचना हुन थालेको हो ।