बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अन्तिम संस्कारका लागि डा.देवकोटाको पार्थिव शरीरलाई पशुपतितर्फ लगियो

मंगलबार, असार ५ २०७५

काठमाडौं असार, ५–
सोमबार साँझ निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति लगिएको छ ।  राजधानीको बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको थियो ।

लामो समय चिकित्सा क्षेत्रमा बिताएका  डा.देवकोटा पित्तथैलीको क्यान्सर रोगबाट पिडित थिए । लामो समय बेलायतमा उपचार गरेर केही महिना अघि मात्र स्वदेश फर्किएका उनको न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । 

२०१० साल पुष ४ गते गोरखाको पण्डितगाउँ लिलिगमा जन्मिएका डा. देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । 

उनको आर्यघाटमा विद्यतिय शवदाहगृहमा लगेर अन्त्येष्टि गरिनेछ । डा। देवकोटाको काजक्रिया ७ दिनमै सक्ने समेत बताइएको छ ।