काठमाडौं । राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूमाथि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकदिउँसो १ बजे बस्ने भएको छ । उक्त बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ।
जेठ ५ गते प्रस्तुत भएको नीति तथा कार्यक्रममा तीन दिन ७, ८ र ९ गते राष्ट्रिय सभामा छलफल भएको थियो।