काठमाडौं असार, १–
नाडेप लघुबित्त बित्तीय संस्थाले यही असार १० गतेबाट चार करोड ८० लाख रुपैयाँको साधारण सेयरको बिक्री खुल्ला गर्ने भएको छ । संस्थाले बिक्री प्रर्वन्धक नविल इन्भेष्टमेन्ट बैकिङ मार्फत एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी चार लाख ८० हजार कित्ता साधारण सेयरको बिक्री खुल्ला गर्न गर्न लागेको हो ।
संस्थाका अनुसार बिक्री गरिने कुुल सेयर मध्येमा पाँच प्रतिशत अर्थात २४ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात २४ हजार कित्ता सामुुहिक लगानी कोषका लागि बाँकी रहेको चार लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणको लागि छुुट्याईएको छ । सेयरको बिक्री कार्य छिटोमा असार १३ गते र ढिलोमा साउन सात गते बन्द हुुने छ । लगानीकर्ताहरुले न्युुनतम २० कित्ता देखि अधिकतम २४ सय कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुंजी ३२ करोड तथा जारी पुंजी १६ करोड रुपैयाँ रहेको संस्थाको हाल चुक्ता पुंजी ११ करोड २० लाख रुपैयाँ रहेको छ । सर्वसाधारणको लागि सेयर बिक्री पश्चात संस्थाको चुक्ता पुंजी १६ करोड रुपैयाँ पुुग्ने छ ।