बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुनको मूल्यमा भारी गिरावट

बुधबार, जेष्ठ ३ २०८०

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको छ ।

मंगलबारको तुलनामा १ हजार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको  तेजाबी सुन बुधबार प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।