नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका हाइप्रोफाइल उत्तानो पर्दै, पूर्वसांसदलाई बयानमा प्रभावित गर्न खोजेको भनी केरकार गर्न पक्राउ पूर्जी जारी
काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउनका लागि नीतिगत तहबाट नै भएको भ्रष्टाचारको प्रहरी अनुसन्धान भइरहेका कारण पूर्वगृहमन्त्री बालकृष्ण खाँणले कतिपय डकुमेन्ट चपाएर निलेको चर्चाबीच पत्नी मञ्जु खाँण भने बेपत्ता भएकी छन्। यस प्रकरणमा नाम जोडिएकी नेपाली कांग्रेसका शभापति शेरबहादुर देउवापत्नी आरजु राणा भने आफूलाई लगाइएको आरोपको खण्डन गर्दै मिडियामा उपस्थित भएकी छन्। उनले छोरा जयबीरसिंह देउवाको कसम खाएर यस प्रकरणमा आफ्नो संलग्नता पुष्टी गर्न चुनौति दिएकी छन्। कांग्रेसजनमा आरजु जेठी र मञ्जु माइली भाउजूका रुपमा चर्चामा रहेका सांसद हुन्।
मञ्जु बेपत्ता भएको विषयमा वा उनको संलग्नताको आधारबारे आरजुले आफूलाई थाहा नभएको सार्वजनिक अभिव्यक्ति दिएकी छन्। तर, राजनीतिक रुपमा मात्र नभएर पारिवारिक रुपमा पनि आरजु र मञ्जुको सन्निकटता रहेको छ। यतिमात्र होइन कांग्रेस सत्तामा रहँदा यी दुवैजनाले दोहनमा व्यापकता गरेको आरोप लाग्दै आएको ‘ओपन सेक्रेट छ।’‘विस्तारै सबै पुष्टि हुँदै जानेछ। शिर्ष तहका नेतामा कसलाई जोगाउने भन्ने पनि चर्चा चलेको सुनिन्छ। तर, निष्पक्ष छानबिन गर्दा सबैको संलग्नता भेटिनेछ’, उच्च स्रोतले भन्यो,‘यो प्रकरण राज्यसत्ताले मात्र हेरेको भए बचाउन खोजिन्थ्यो, अमेरिकाले पनि चासो दिएका कारण ठूला नेता अहिले अनुसन्धानको घेरामा छन्।’ यता, यहि प्रकरणमा कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। हिरासतमा सानु भण्डारीलाई भेटेका उनीमाथी पक्राउ पुर्जी जारी भएको प्रहरीले जनायो।
प्रकरणमा मुछिएका कांग्रेस नेताले शेर्पालाई भण्डारीसँग भेट गर्न पठाएको र बयानमा प्रभावित गर्न खोजेको आरोप लागेको थियो। शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका थिए। यसै प्रकरणमा संलग्न रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी प्रहरीसमक्ष पुगेका छैनन्। उनलाई एमालेले निलम्बन गरिसकेको छ। यस प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। उच्च प्रहरी स्रोतका अनुसार अहिले छानबिनका लागि खुट्टा कमाउने स्थिति छैन। बरु, यस प्रकरणमा संलग्न रहेका व्यक्तिको नयाँ नयाँ तथ्य आउने क्रममा रहेको बताइन्छ।