बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण : ‘एफबीआई’को छायाँ अनुसन्धान

प्रत्यक्ष रुपमा नेपाल प्रहरीको काठमाडौं जिल्ला परिसर र उपत्यका अपराध अनुसन्धान महाशाखाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेको छ तर छायाँ रुपमा अमेरिकी फेडरल ब्युरो अफ इन्भेष्टिगेशन (एफबीआई)पनि सक्रिय

आइतबार, बैशाख ३१ २०८०

काठमाडौं – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने नीतिगत तहको भ्रष्टाचारको फाइल खुलेपछि अमेरिकी सुरक्षा निकायको प्रभावकारी संस्थाले अनुसन्धानमा निगरानी राखेको रहस्य खुलेको छ। अमेरिकाको फेडरल ब्युरो अफ इन्भेष्टिगेशन (एफबीआई)ले छायाँ रुपमा यस प्रकरणको अनुसन्धानलाई नियालिरहेको छ। नेपालस्थित अमेरिकी कुटनीतिक नियोगमा रहेका एफबीआई अधिकारीले चासोसाथ यस प्रकरणको अनुसन्धानको प्रगतिबारे नेपाल प्रहरी र गृहमन्त्रालयसँग रिपोर्ट बुझिरहेको बताइएको छ।

‘अमेरिकाको नै तिव्र चासो र दबाब रहेका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ कुनै पनि हालतमा यस प्रकरणलाई रोक्न वा मिलाउन सक्ने स्थितिमा छैनन्’, उच्च स्रोतले भन्यो,‘यो सत्ता समीकरण र एमसीसीमा पनि दबाब दिएको अमेरिकाका कारण नै नेपाली कांग्रेसले प्रभावशाली नेता रहेका बालकृष्ण खाँणलाई पक्राउ हुनबाट जोगाउन सकेन।’

उच्च स्तरको दबाब रहेका कारणले नै एमालेले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीसमक्ष आत्मसमर्पण गर्न भनेको छ भने पार्टीको जिम्मेवारीबाट तत्कालका लागि हटाएको छ। ‘यस प्रकरणको राम्रो छानबिन नभए अमेरिकाको सहयोग नै बन्द हुनसक्ने अवस्था छ। त्यो दबाबका कारण नै अहिले शिर्ष नेतृत्वले कुनै राजनीतिक खेल खेल्न नसकेका हुन्’, उच्च स्रोतले भन्यो,‘यस अनुसन्धानका हरेक रिपोर्ट अमेरिकाले बुझिरहेको छ।’