काठमाडौं – नेपाली सेनाले धौलागिरी हिमपातमा परी बेपत्ता व्यक्तिको शव काठमाडौं ल्याएको जानकारी दिएको छ । २०७९ आश्विन २० गते धौलागिरी हिमालमा भएको भारी हिमपातमा परि हराई रहेका माउण्टेन गाईड राम बहादुर तामाङ्गको शव २०८० बैशाख ३० गते बेशक्याम्पबाट नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौं ल्याईएको हो । मृतक तामाङ्ग २०७९ आश्विन ०५ गते धौलागिरी हिमाल आरोहणको लागि कोरियाली नागरिकको टोली लिएर जाने क्रममा आश्विन २० गते भएको भारी हिमपातका कारण बेपत्ता भएका थिए । त्यसबेला देखि नै निजको उद्धारका लागि विभिन्न प्रयासहरु गरिंदै आइएकोमा प्रतिकुल मौषमका कारण कठिनाई भैरहेको थियो । पछिल्लोपटक नेपाली सेनाको सहयोगमा शेर्पा आरोहीहरु सम्मिलित टोलीले २०८० बैशाख २८ र २९ गते खोज्ने क्रममा करिब ५ हजार मिटरको उचाइमा रहेको निजको शवलाई बेशक्याम्पसम्म ल्याइएको हो ।