काठमाडौं । सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले भ्रष्टाचारबिरुद्ध प्रदर्शन गरेका छन् ।
बिहीवार भ्रष्टाचारबिरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले बिरोध गरेको हो ।
नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनहरुले बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौंको भृकुटीमण्डप परिसरमा प्रर्दशन गरेका हुन् ।
प्रर्दशनका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यवद्धता जनाएको बताए ।
अनुसन्धान गर्न र दोषीलाई कारबबाही गर्न माग गर्दै विद्यार्थीको खबरदारी स्वरुप प्रदर्शन गरेका हुन् ।