मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेपाल प्रहरी अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर

बुधबार, बैशाख २७ २०८०

काठमाडौं – हिमालयन बैंकले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यही बैशाख २१ गतेबाट उक्त काउन्टर सञ्चालनमा ल्याईएको हो ।

बैंक र अस्पतालले एक समारोहकाबीच नगद संकलन काउन्टर सञ्चालन गर्ने सम्झौता गरेको हो । बैंकले अस्पतालमा उक्त सेवा २४ सैं घण्टा (सार्वजनिक बिदाका दिनहरूमा पनि) प्रदान गर्ने बताएको छ । बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवम् बिरामीहरूका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीहरूलाई सहजता प्रदान गर्नेछ ।

नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेकी हुन् । सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।