बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

बुधबार, बैशाख २७ २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।

खाण आज विहान निवासबाट नै पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार पुर्ब गृहमन्त्री खाँडलाइ प्रहरी परिसर टेकु लगिएको छ । उनी माथी सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।

उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए ।

यही प्रकरणमा प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ भने पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन् ।