बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

चोरी पैठारीको सामान बरामद

मंगलबार, बैशाख २६ २०८०

काठमाडौं – रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित गौर बजार ईलाकाबाट बैशाख २५ गते सशस्त्र प्रहरीले १ लाख ७५ हजार ६ सय ९० रुपैयाँ बराबरको स्टेशनरी,लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित सामानको विलविजक नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौर (विओपी गौर) ले बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।