काठमाडौं जेठ, २७–
कन्काई विकास बैंकले एलआईसी नेपालसँग बैंकास्योरेन्स संझौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्य र एलआईसी नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले झापाको दमकमा आयोजित एक समारोहबीच सम्झौतामा हस्ताक्षर गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्राहकहरुको चाहना अनुसार एलआईसी नेपालको जीवन बीमा योजनाहरु सवै शाखा कार्यालयहरुबाट बेचिने जानकारी गराए । कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत दस्तिदारले एलआईसी नेपालको उच्चतम वोनसदर र उत्कृष्ट ग्राहक सेवाको कारण आम नागरिकहरुले यस कम्पनीको योजनाहरु लिने गरेको वताए ।