शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल

मंगलबार, बैशाख २६ २०८०

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।

आज राष्ट्रिय सभाको बैठक बिहान १०ः३० बजेबाट शुरु हुनेछ भने प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा सरकारले गत आईतवार प्रश्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ ।

सोमवारबाट शुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुनेछ ।

वैशाख २७ गते भने सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदहरले संसदमा उठाएका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा जवाफ दिने कार्यक्रम छ ।