काठमाडौं । प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अर्धनग्न बनेका छन् । सभामुख देवराज घिमिरेले उनलाई बोल्न नदिएपछि बैठकमा कपडा खोलेर विरोध जनाएका हुन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न उनलाघ पटक पटक आग्रह गरेका थिए ।
यसपछि सभामुख घिमिरेले बारम्बार उनलाई चेतावनी दिँदै सभ्य बन्न आग्रह गरे । सभामुख घिमिरेले असभ्य बोल्न र अशिष्ट व्यवहार नदेखाउन चेतावनी दिए । सभामुख घिमिरेको बारम्बारको चेतावनीपछि उनले लुगा लगाएका थिए ।